अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रियसभा निर्वाचन: कोशीमा एमाले र राप्रपाबीच तालमेल

राष्ट्रियसभा निर्वाचन: कोशीमा एमाले र राप्रपाबीच तालमेल


विराटनगर-राष्ट्रिय सभा निर्वाचनका लागि कोशी प्रदेशमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बीच चुनावी तालमेल हुने भएको छ।

कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि अन्य र महिला क्लस्टर गरी दुई सिटमा चुनाव हुँदैछ। दुई सिटमध्ये एक सिटमा एमालेले राप्रपालाई र अर्को सिटमा राप्रपाले एमालेलाई सघाउने गरी सहमति भएको हो।

कोशी प्रदेशसभामा राप्रपाका संसदीय दलका नेता भक्ति प्रसाद सिटौलाका अनुसार कोशीमा एमालेले राप्रपाका उम्मेदवार उद्धव पौडेललाई सघाउने भएको छ। यस्तै राप्रपाले भने एमाले उम्मेदवार रुक्मिणी कोइरालालाई सघाउने भएको छ।