अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले कर्णालीमा उपसचिव विवाद सुल्झियो : पद्मा खड्काको सपथ ग्रहण

एमाले कर्णालीमा उपसचिव विवाद सुल्झियो : पद्मा खड्काको सपथ ग्रहण


सुर्खेत-नेकपा एमाले कर्णाली प्रदेशको बहुचर्चित उपसचिव पदको विवाद सुल्झिएको छ।

गत असोजको १० देखि १५ गतेसम्म भएको अधिवेशनमा उपसचिव पदमा दुवै जना पुरुषलाई निर्वाचित गरेपछि कमिटी समावेशी नभएको भन्दै पार्टी सचिवालयले कात्तिक २२ गते निर्णय सच्याउन प्रदेश कमिटीलाई निर्देशन दिएको थियो। तर प्रदेश कमिटीले उक्त निर्णय हालसम्म कार्यान्यव गराएको थिएन।

आज प्रदेश पार्टी कार्यालयमा अध्यक्ष गुलाबजँग शाहले उपसचिव पदमा पद्मा खड्कालाई सपथ ग्रहण गराउनु भएको हो। खड्कालाई सपथ ग्रहण गराउन महासचिव शंकर पोखरेलले मंसिर ११ गते प्रदेश कमिटीका नाममा पत्र पठाउनु भएको थियो भने अध्यक्ष केपी शर्मा ओलीले पटक पटक निर्देशन दिनुभएको थियो। गैह्र भूगोल सहित सातवटा प्रदेशमा दुई उपसचिव मध्ये एक जना महिला हुँदा कर्णालीमा दुवै पुरुष भएकोले समावेशी कमिटी नभएको भन्दै अध्यक्ष ओलीले पटक पटक असन्तुष्टी जनाउनु भएको थियो।

माघ पाँच गते सुर्खेत पुगेर अध्यक्ष ओलीले खड्कालाई सपथ ग्रहण गराउन निर्देशन दिनुभएको थियो।
अधिवेशनमा पहिलो मत पाएका दैलेखका रविन्द्र शर्मा र दोस्रो मत पाएका कालिकोटका रमेशकुमार शाहीलाई निर्वाचन आयोगले निर्वाचित भएको घोषणा गरेको थियो । पार्टी केन्द्रले समावेशिताका आधारमा तेस्रो मत पाएकी खड्कालाई उपसचिवमा कायम गरेर शाहीलाई प्रदेश कमिटीमा मनोनयन गरेको छ।