अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एक उम्मेद्वारलाई फिर्ता गराएर कोशीमा राष्ट्रियसभा निर्वाचनमा एमाले -राप्रपा तालमेल

एक उम्मेद्वारलाई फिर्ता गराएर कोशीमा राष्ट्रियसभा निर्वाचनमा एमाले -राप्रपा तालमेल


विराटनगर- राष्ट्रिय सभा निर्वाचनका लागि कोशी प्रदेशमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले सहकार्य गर्ने सहमति भएको छ ।

एमालेले अन्य तर्फका उम्मेदवार परशुराम अधिकारीलाई ब्याक गराएर राप्रपाका उद्धव पौडेललाई सहयोग गर्ने सहमति भएको हो ।

एमालेले अब अन्यतर्फ राप्रपाका पौडेललाई सहयोग गर्ने र महिलातर्फ एमालेकी रुक्मिणी कोइरालालाई सहयोग गर्ने दुई दलबीच सहमति जुटेको हो ।

दुई दलबीच भएको सहमति पत्र सार्वजनिक भइसकेको छ । जसमा एमाले कोशीका अध्यक्ष घनश्याम खतिवडा र राप्रपा प्रदेश अध्यक्ष राम थापाले हस्ताक्षर गरेका छन् ।