अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले बुझाएका जनताका मागहरु ‘दराजमा नथन्काएर’ कार्यान्वयन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

एमालेले बुझाएका जनताका मागहरु ‘दराजमा नथन्काएर’ कार्यान्वयन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता


काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेले बुझाएका जनताका मागहरु  ‘दराजमा नथन्काएर’ कार्यान्वयनका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ । 

आज बिहान मध्यपहाडी यात्राका क्रममा आएका जनताका ७५१ माग बुझाउन बालुवाटार पुगेको नेकपा (एमाले) का पदाधिकारीहरूको प्रतिनिधिमण्डलसँग  प्रधानमन्त्री प्रचण्डले कार्यान्वयनका सवालमा अनुगमन गर्ने र सरकारलाई खबरदारी गर्ने बताउनुभयो । कार्यान्वयनको पहल र अनुगमनका लागि एमालेले उपाध्यक्ष विष्णु पौडेललाई जिम्मेवारी दिएको छ । प्रधानमन्त्री प्रचण्डले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा जनताका माग समेट्ने बताउनुभएको  एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । 

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डलले एमालेले गत मंसिर १४ गतेदेखि पुस १ गतेसम्म झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म सञ्चालन गरेको ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियानका क्रममा विभिन्न ठाउँमा जनताले राखेका मागहरू एकीकृत गरी सरकारसमक्ष ध्यानाकर्षणपत्र प्रस्तुत गरेको हो।

प्रधानमन्त्री प्रचण्डले एमालेले प्रस्तुत गरेको ध्यानाकर्षणपत्र मध्यपहाडी क्षेत्रका जनता, सबै राजनीतिक दल र नेपाल सरकारको समेत मुद्दा भएकाले सम्बोधनका लागि  सरकार गम्भीर रूपमा लाग्ने प्रतिविद्धता व्यक्त गर्नुभयो ।