अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज सुनको मूल्य स्थिर, चाँदीको घट्यो 

आज सुनको मूल्य स्थिर, चाँदीको घट्यो 


काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । हिजो पनि सुनको मूल्य स्थिर रहेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य घटेको छ । चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर प्रतितोला १ हजार ३७० रुपैयाँमा कारोबार भइरहेको छ ।