अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बंगलादेशमा एमबीबीएस र बीडीएस अध्ययन गर्न आवेदन माग

बंगलादेशमा एमबीबीएस र बीडीएस अध्ययन गर्न आवेदन माग


काठमाडौँ– चिकित्सा शिक्षा आयोगले स्नातक तहको एमबीबीएस र बीडीएस शैक्षिक कार्यक्रमहरू अन्तगर्त बंगलादेश सरकारबाट प्राप्त छात्रवृत्तिमा अध्ययनका लागि विद्यार्थी छनौट गरी पठाउन आवेदन माग गरेको छ । 

आज एक सूचना प्रकाशित गर्दै आयोगले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय छात्रवृत्ति शाखाको पत्र अनुसार बङ्गलादेश सरकारले नेपाल सरकारको लागि शैक्षिक सत्र २०२३ र २४ मा स्नातक तहको मबीबीएस र बीडीएस शैक्षिक कार्यक्रमहरूमा छात्रवृत्तिका सिट प्राप्त भएको र सोका लागि उम्मेदवार छनौट गरी पठाउन भनी लेखी आएको जनाएको छ ।  

उक्त छात्रवृत्तिमा अध्ययन गर्न योग्यता पुगेका इच्छुक नेपाली उम्मेदवारहरूले माघ १२ गते अपराह्न ३:०० बजेभित्र आफ्नो प्रोफाइलमार्फत अनलाइन आवेदन पेस गर्न आव्हान गरिएको छ । सो सम्बन्धी विस्तृत सूचना आयोगको वेबसाइट  https://mec.gov.np मा प्रकाशित गरिएको छ ।