अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

काठमाडौं महानगरविरुद्ध आज पनि व्यावसायीको प्रदर्शन

काठमाडौं महानगरविरुद्ध आज पनि व्यावसायीको प्रदर्शन


काठमाडौं-काठमाडौं महानगरले न्यूरोड क्षेत्रमा पार्किङ निषेधको निर्णय गरेसँगै यसक्षेत्रका सम्पूर्ण व्यापारीहरू आज (दोस्रो दिन) पनि आन्दोलनमा उत्रिएका छन्। हिजो (मंगलबार)बाट पसलको सटर बन्द गरेर आन्दोलनमा उत्रिएका उनीहरूले आज पनि आन्दोलनलाई जारी राखेका छन्।

महानगरपालिकाले हिजोदेखि धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोक तर्फको सडकखण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल वरपरको कालोपत्र सडकमा पार्किङ निषेध गरेको छ। यस निर्णयले आफूहरूको व्यापारमा कमी ल्याएको भन्दै उनीहरूले आन्दोलन गरेका हुन् । महानगरले निर्णय फिर्ता नलिए निरन्तर आन्दोलन गर्ने चेतावनी व्यवसायीको छ।