अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रिय सभा निर्वाचन

कोशीमा गठबन्धनको उम्मेदवारलाई पराजित गर्दै एमालेबाट रुक्मिणी कोइराला विजयी

कोशीमा गठबन्धनको उम्मेदवारलाई पराजित गर्दै एमालेबाट रुक्मिणी कोइराला विजयी


विराटनगर-सत्ता गठबन्धनकी उम्मेदवार चम्पादेवी कार्कीलाई हराउँदै कोशी प्रदेशमा नेकपा एमालेकी रुक्मिणी कोइराला राष्ट्रिय सभा सदस्य निर्वाचित हुनुभएको छ।

गठबन्धनकी उम्मेदवार नेकपा (माओवादी केन्द्र)की चम्पादेवी कार्कीलाई पराजित गर्दै कोइराला विजयी हुनु भएको हो। कोइरालाले ५ हजार ८६  मत प्राप्त गर्नुभएको छ। उहाँको प्रतिस्पर्धी कार्कीले ४ हजार ९९२ मत पाएउनु भएको छ।

कोइरालाई सत्तागठबन्धनकै मतदाताले फ्लोरक्रस गरेर भोट दिएका छन् । यहाँ एमाले-राप्रपाको तालमेल थियो।

कोइरालालाई सत्ता गठबन्धनका ३ सांसदले फ्लोर क्रस गरे । ९३ मध्ये उनलाई ४९ जनाको मत आएको छ। यस्तै स्थानीयत तहका १३१ जनाले मत हालेका छन् । स्थानीयतर्फका १६ जनाले फ्लोर क्रस गरेका छन् ।

प्रदेशसभामा एमालेका ४० र राप्रपाका ६ गरी ४६ सांसद छन् । तर, उनले आफ्नो गठबन्धनभन्दा बाहिरको मत ल्याएकी हुन् । कोइरालालाई ४९ जनाले मत दिँदा सत्ता गठबन्धनकी उम्मेदवार चम्पादेवी कार्कीलाई ४४ जना सांसदले मत दिएका छन् । कोशीमा सत्ता गठबन्धनका ४७ सांसद छन् ।