अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रियसभा निर्वाचन

मधेसबाट सत्ता गठबन्धनका ढुंगाना र चौधरी विजयी

मधेसबाट सत्ता गठबन्धनका ढुंगाना र चौधरी विजयी


काठमाडौं-राष्ट्रिय सभाको निर्वाचनमा मधेश प्रदेशतर्फका दुवै सिटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन्।

मधेसबाट नेपाली कांग्रेसका आनन्दप्रसाद ढुंगाना र जनता समाजवादी पार्टीकी पूजा चौधरी विजयी भएका हुन्। 

विजयी कांग्रेस उम्मेदवार ढुंगानाले ७ हजार ३ सय ७० मतभार पाउनु भयाे भने जसपाकी चौधरीले ७ हजार ९ सय २९ मतभार ल्याउनु भयो।

राष्ट्रिय सभाको निर्वाचनमा मधेसको १ सय ३६ पालिकाको सबै मत खसेको छ। प्रदेशसभाका १ सय ७ जना सांसदमध्ये १ सय ६ जनाले मतदान गरे ।