अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रियसभा निर्वाचन

गण्डकी प्रदेशबाट महिलामा मनरुपा विजयी

गण्डकी प्रदेशबाट महिलामा मनरुपा विजयी


पोखरा-राष्ट्रियसभा निर्वाचन अन्तर्गत गण्डकी प्रदेशबाट महिला क्लष्टरमा नेकपा माओवादी केन्द्रकी मनरुपा शर्मा विजयी हुनु भएको छ ।

बिहीबार सम्पन्न निर्वाचनमा उहाँले ३ हजार ६ सय ६० मतभार पाएर विजयी हुनु भएको हो । शर्मालाई स्थानीय तहतर्फ ९५ र प्रदेशसभा तर्फ ३५ जनाले मत दिएका थिए ।

विपक्षी एमालेकी सम्झना देवकोटाले २ हजार ५ सय ५३ मतभार पाउनु भयो । उहाँलाई स्थानीय तह तर्फ ७३ जना र प्रदेशतर्फ २२ जनाले मतदान गरेका थिए । गठबन्धनको स्थानीय तहतर्फ १ सय १ जना जनप्रतिनिधिमध्ये ५ जनाले विपक्षीलाई मतदान गरेका हुन् । 

राप्रपाका उम्मेदवारले स्थानीय तहबाट कुनैपनि मत पाएनन् भने प्रदेशसभाका २ सांसदले राप्रपा उम्मेदवार गौमाया श्रेष्ठलाई मतदान गरे । स्थानीय तहतर्फ बागलुङको ढोरपाटनका मेयर देवकुमार नेपाली मतदानमा सहभागी भएनन् ।