अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लुम्बिनीमा सत्ता गठबन्धनका सुवेदी र सापकोटा विजयी

लुम्बिनीमा सत्ता गठबन्धनका सुवेदी र सापकोटा विजयी


दाङ-राष्ट्रियसभा निर्वाचनमा लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनका उम्मेदवारी विजयी भएका छन् ।

सत्ता गठबन्धनबाट लुम्बिनी प्रदेशमा उम्मेदवार  नेकपा माओवादीका झक्कुप्रसाद सुवेदी र नेपाली काँग्रेसबाट उम्मेदवार  विष्णुदेवी सापकोटा विजयी हुनुभएको हो। सुवेदी अन्यतर्फ र सापकोटा महिला कोटामा विजयी हुनुभएको हो।

 निर्वाचनमा सुवेदीले ५४३५  र सापकोटाले ५४३५ मतभार प्राप्त गर्दै विजयी भएको निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले जानकारी दिनुभयो । निर्वाचन अधिकृत पाण्डेका अनुसार नेकपा एमालेका उम्मेदवारी तुलसा केसीले २८६७ मतभार र झपेन्द्र घर्ती क्षेत्रीले ३०३९  मतभार प्राप्त गर्नुभएको थियो। 

त्यसैगरी महिला कोटामा राप्रपाबाट उम्मेदवार बन्नुभएकी विजयालक्ष्मी सिंह २५० र अन्य कोटामा जनमत पार्टीका बालगोविन्द चौधरीले २५०मतभार प्राप्त गर्नुभएको थियो। आज बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म भएको  निर्वाचनमा प्रदेशसभातर्फ ८७ र स्थानीय तहतर्फ भएको ३ सय ५ मतमध्ये  ३ सय ३ मत खसेको थियो।