काठमाडौं-नयाँबानेश्वरको सडकमा गुडिरहेको बस भासिएको छ। कोटेश्वरबाट रत्नपार्कतर्फ गइरहेको बा. ३ ख ३७६२ नम्बरको यात्रुवाहक बस गुड्दागुड्दै भासिएको हो ।
एभरेष्ट होटलको अगाडि सर्भिस लेनमा बस कोल्टो परेर भासिएको हो । गुड्दै गरेको बस एक्कासि भासिएर फसेपछि यात्रुहरू आत्तिँदै ओर्लिएको स्थानीयले बताएका छन् ।
नयाँ वानेश्वर क्षेत्रमा विगत केही वर्षयता सडक सुधारका काम भइरहे पनि खाल्डाखुल्डि हुने, पानी जम्नेलगायतका समस्याले गुणस्तरमा प्रश्न उठ्दै आएको छ । २ वर्षअघि पनि मीनभवनस्थित सिभिल अस्पतालअगाडि सडकमा भ्वाङ परेको थियो ।






प्रतिक्रिया