अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारका कामले जनप्रतिनिधि र व्यवस्थाप्रति प्रश्न उठ्यो: यामलाल कँडेल

सरकारका कामले जनप्रतिनिधि र व्यवस्थाप्रति प्रश्न उठ्यो: यामलाल कँडेल


सुर्खेत-नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले प्रदेश सरकारको गलत काम कारवाहीका कारण जनप्रतिनिधि र व्यवस्थाप्रति नै जनताले प्रश्न उठाउने स्थिति पैदा भएको आरोप लगाउनु भएको छ।

जनताको तीब्र विकासको आकांक्षा, कर्णाली प्रदेशको भौगोलिक अवस्था र सरकारको विकास नीति तथा गतिबीच तालमेल नहुँदा आमजनतामा निराशा छाएको उहाँले बताउनु भयो।

‘वास्तवमा यस्तो परिस्थितिको निर्माण हुनु आफैमा दुखद छ र अझैपनि सरकारको नेतृत्व सुधार गर्नेभन्दा थप गलत कार्यहरुलाई प्रश्रय दिनमा बढी अग्रसर देखिन्छ। योजना निर्माणमा अपारदर्शिता व्याप्त छ, भ्रष्टाचार, कमिसनतन्त्रको जालो चिर्नभन्दा थप मजबुत गर्नेमा सरकार उद्दत छ।’ एमालेले कर्णाली सरकारको विगत एक वर्षको अवधीमा कार्य प्रगति न्यून, निराशाजनक छ र बेरुजु उच्च रहेको जनाएको छ।

एमालेले सदनमा प्रमुख प्रतिपक्षी दलको हैसियतले सरकारलाई नीतिगत सुधार, कर्णालीको समृद्दी, सुशासन र पारदर्शिताका विषयमा पटकपटक घच्घच्याउने पनि सुने पनि नसुने उहाँले बताउनु भयो।

पत्रकार सम्मेलनमा माघ १२ गते बसेको एमाले कर्णाली प्रदेशसभा संसदीय दलको बैठकका निर्णय सार्वजनिक गर्दै गठबन्धन सरकार जनता र प्रदेशप्रति अनुत्तरदायी भएको तथा आम जनताका आकांक्षालाई बुझ्न नसक्नुका साथै सरकार असफलतातर्फ अघि बढेको ठहर गरेको छ।

एमालेले जाजरकोट र रुकुम पश्चिम जिल्लामा गत कार्तिक १७ गते गएको विनाशकारी भूकम्पका कारण क्षति बेहोरेका पीडितहरुले अहिलेसम्म पनि प्रभवकारी ढंगले राहत, पुनस्थापना र क्षतिपूर्ति नपाएको जनाएको छ ।