अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु 

ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु 


काठमाडौँ– तनहुँमा ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा आबुखैरेनी गाउँपालिका–३ का २६ वर्षीय सफल रानामगर रहेका छन् । घाइते भएका उनको उपचारका लागि चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।   

रानामगर आइतबार राति करिब ९ बजे आँबुखैरेनी गाउँपालिका–२ ढापटार स्थित पृथ्वीराजमार्ग सडक खण्डमा आँबुखैरेनीबाट डुम्रेतर्फ जाँदै थिए । त्यसक्रममा ग १ क ५०१२ नम्बरको मिनी ट्रकसँग मगर चढेको प्र।३ ०२–००९ प ८५३० नम्बरको मोटरसाइकलले ठक्कर खाएको तनहुँ प्रहरीले जनाएको छ ।  

ट्रकका चालकलाई नियन्त्रणमा लिएको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।