अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ललितपुरको मंगलबजारमा विदेशी नागरिक मृत्त फेला

ललितपुरको मंगलबजारमा विदेशी नागरिक मृत्त फेला


ललितपुर-ललितपुरको मंगलबजारमा एक विदेशी नागरिक महिलाको शव फेला परेको छ।

 आज बिहान ललितपुर महानगरपालिका-१६ नागबहालस्थित ग्रीनतारा हेरिटेज अपार्टमेन्टमा एक जर्मन महिला मृत भेटिएको हो।

५४/५५ वर्षकी एडेलहैड सेनेकेनबर्गर कोठामा लडिरहेको अवस्थामा मृत भेटिएको ललितपुर प्रहरी प्रवक्ता नवराज कार्कीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो’ ‘२ वर्षदेखि हप्तामा एक दुई दिन आएर त्यहाँ बस्ने गरेको भन्ने छ । नमोबुद्धमा उनले रिसोर्ट पनि सञ्चालन गरिरहेको भन्ने जानकारी पाएका छौँ । थप अनुसन्धान भइरहेको छ।’