अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जर्मन नागरिक मृत फेला प्रकरण: तालिम प्राप्त कुकुर खटाइयो

जर्मन नागरिक मृत फेला प्रकरण: तालिम प्राप्त कुकुर खटाइयो


ललितपुर-ललितपुरको नागबहालमा जर्मन महिला मृत भेटिएको घटनाको अनुसन्धानमा तालिम प्राप्त कुकुर परिचालन गरिएको छ।

मृत अवस्थामा भेटिएकी जर्मन महिलाको मृत्यु शंकास्पद देखिएको छ। मृतक जर्मन घर भएर ललितपुर बस्ने एडी इल एचइडी हुन् । प्रहरीका अनुसार करिब ५५–६० उमेरकी छन्।

मृतक महिलाको टाउकोमा चोट देखिएको छ। राजभाई बज्राचार्यको ग्रिनतारा हेरिटेज होम एण्ड अपार्टमेन्टमा उनी मृत अवस्थामा फेला परेकी हुन्।

घटनाबारे जिल्ला प्रहरी परिसर ललितपुरले अनुसन्धान गरिरहेको छ।