अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

सर्लाहीमा सामाजिक सुरक्षा भत्ता लिन बैंकको लाइनमा बसेकी वृद्धाको मृत्यु

सर्लाहीमा सामाजिक सुरक्षा भत्ता लिन बैंकको लाइनमा बसेकी वृद्धाको मृत्यु


सर्लाही-सर्लाहीको हरिवनमा सामाजिक सुरक्षा भत्ता (वृद्ध भत्ता) लिन बैंक पुगेकी एक वृद्धाको मृत्यु भएको छ।

हरिवन नगरपालिका-६ की ७७ वर्षीया शान्तमाया विकको सोमबार दिउँसो ३ बजेतिर हिरवनस्थित ग्लोवल आईएमई बैंकमा वृद्ध भत्ता लिन गएको बेला आकस्मिकरुपमा मृत्यु भएको हो।

वृद्ध भत्ता लिने लाइनमा बसेको बेला उनी अकस्मात रुपमा ढलेकी थिइन्। तत्कालै उनलाई नजिकै रहेको स्वाभिमान अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ। 

उनको हृदयघातको कारण मृत्यु भएको अनुमान गरिएको छ।