अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

कोशी प्रदेशमा अनेरास्ववियुको पाठशाला सम्पन्न 

कोशी प्रदेशमा अनेरास्ववियुको पाठशाला सम्पन्न 


इटहरी-नेकपा (एमाले)को विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कोशी प्रदेश कमिटीले इटहरीमा दुई दिने अनेरास्ववियु पाठशाला कार्यक्रम सम्पन्न गरेको छ।

पाठशालामा नेकपा (एमाले) स्थायी कमिटी सदस्य एवं अनेरास्ववियुका पूर्व अध्यक्ष  हिक्मत कार्की, नेकपा (एमाले) कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडा, नेकपा (एमाले)का केन्द्रीय सदस्य अनेरास्ववियु पूर्व अध्यक्ष माधब ढुङ्गेल, नेकपा (एमाले) केन्द्रीय सदस्य तथा अनेरास्ववियुका इन्चार्ज किशोर बिक्रम मल्ल, अनेरास्ववियुका अध्यक्ष समिक बडाल र नेकपा (एमाले) केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सदस्य लिलाराज भटटराईले प्रशिक्षण दिनुभयो। 

कोशी प्रदेशका १४ जिल्लाका अनेरास्ववियुका अध्यक्षहरू, प्रदेश कमिटीका पदाधिकारी सदस्य, क्याम्पस कमिटीका अध्यक्षहरू गरी ८० जनाको पाठशालामा सहभागिता थियो।

अनेरास्ववियुका नेता कार्यकर्तालाई सैद्धान्तिक स्पष्टता दिलाउँदै पठन सँस्कृतिको विकासका लागि अनेरास्ववियु पाठशाला आयोजना गरिएको अनेरास्ववियु कोशी प्रदेश कमिटी अध्यक्ष जीवी गजलले जानकारी दिनुभयो ।