काठमाडौँ– साझा यातायातले प्रमुख कार्यकारी अधिकृत पदका लागि आवेदन माग गरेको छ । आज सूचना प्रकाशित गर्दै साझा यातायातले रिक्त उक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो ।
खुला प्रतिस्पर्धाद्वारा पदपूर्तिका लागि यसअघि दरखास्त आह्वानको सूचना प्रकाशित गरिएकोमा उक्त पदका लागि तोकिएको म्यादभित्र आवश्यक दरखास्त प्राप्त नभएको भन्दै साझाले पुनः आवेदन मागेको छ ।
१५ दिनभित्र आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।
प्रतिक्रिया