काठमाडौँ– यू–१९ विश्वकप क्रिकेटमा आज नेपालले बंगलादेशसँग खेल्दैछ । खेल दक्षिण अफ्रिकाको मंगउङ ओभलमा दिउँसो पौने २ बजेदेखि सुरु हुनेछ।
नेपालले आज खेल्ने खेल सुपर सिक्सको पहिलो खेल हो । समूह चरणका तीन खेलमा १ खेल जितेर समूहको तेस्रो स्थान कायम गर्दै नेपालले सुपर सिक्समा स्थान बनाएको हो ।
यस्तै बंगलादेश समूह ‘ए’को उपविजेता हो । उसले समूह चरणमा अमेरिका र आयरल्याण्डलाई पराजित गरेको थियो।
यू–१९ विश्वकपमा नेपाल र बंगलादेश दुइपटक आमनेसामने भएका छन् । सन् २००२ मा नेपालले बंगलादेशलाई २३ रनले हराएको थियो भने २०१६ को क्वार्टरफाइनल खेलमा नेपाल ६ विकेटले पराजित भएको थियो ।
नेपाल टिम
देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुल्सनकुमार झा, दिपेशप्रसाद कँडेल, विशालविक्रम केसी, सुवास भण्डारी, दिपक बोहरा, दीपक बोहरा, उत्तम रंगु थापा मगर, विपिन रावल, तिलकराज भण्डारी, आकाश चन्द।
प्रतिक्रिया