सिन्धुपाल्चोक–सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका-१ मा जिप दुर्घटना हुदाँ घटनास्थलमै दुई भुटानी नागरिकको मृत्यु भएको छ भने पाँचजना गम्भीर घाइते भएका छन्।
इलाका प्रहरी कार्यालय हेलम्बुका अनुसार हेलम्बुको दोरिङ भीरबाट बा २ च ४४५० नम्बरको जिप खस्दा भुटानी नागरिकको मृत्यु भएको हो। उक्त जिपमा एक नेपाली चालक र अन्य भुटानी नागरिक सवार थिए ।
उक्त जिप दुर्घटनामा परेर मृत्यु हुनेमा ७१ वर्षीया वान मो, ३३ वर्षीय टग्प गेङ रहेको इप्रका हेलम्बुका प्रहरी निरीक्षक मनोजकुमार श्रेष्ठले जानकारी दिनुभयो । गम्भीर घाइते भएका अन्य चारजनालाई हेलम्बु स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।
उपचार गराइरहेका चार जना मध्ये तीनजना गम्भीर अवस्थामा रहेका छन्। अधिकाँशको टाउको र हातपाउमा गहिरो चोट लागेको छ । हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले गम्भीर घाइतेलाई हेलिकप्टरबाट राजधानीमा उपचार गराउन लैजाने तयारी भइरहेको बताउनु भयो।






प्रतिक्रिया