काठमाडौं-नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले सामुदायिक विद्यालयहरूमा विद्यार्थी घट्दै गएकोमा चिन्ता ब्यक्त गर्नुभएको छ।
पर्वतस्थित पूर्णेश्वर माद्यमिक विद्यालयको ६३ औं वार्षिकोत्सवलाई बुधबार उद्घाटन गर्दै सांसद गिरीले सामुदायिक विद्यालयहरूमा विद्यार्थीको संख्या घट्दै गएकोमा चिन्ता ब्यक्त गर्नुभएको हो।
पूर्व स्वास्थ्य मन्त्रीसमेत रहेका गिरीले विद्यालयहरूमा निरन्तर विद्यार्थी घट्दै जाँदा सञ्चालनमा समस्या हुने गरेको उल्लेख गर्नुभयो।
गुणस्तरीय शिक्षा ब्यवस्थापन गरी विद्यालयलाई मर्ज गरेर भए पनि चलाउनुपर्ने कुरामा गिरीले जोड दिनुभयो।
प्रमुख सचेतक गिरीले देशमा स्वास्थ्य, शिक्षा सरकारले नि:शुल्क गर्नुपर्ने बताउँदै शिक्षा क्षेत्र नेपालमा निकै महँगो बन्दै गएको बताउनुभयो ।
निजीका शिक्षालयहरूमा निकै महँगो शुल्कमा विद्यार्थीले अध्ययन गर्नुपर्ने बाध्यता रहेको गिरीले बताउनु भयो ।







प्रतिक्रिया