काठमाडौँ– नेपाल प्रशासन सेवासहित विभिन्न सेवाका एक सय जना शाखा अधिकृत उपसचिवमा बढुवाका लागि सिफारिस हुनुभएको छ ।
जसमा सबैभन्दा बढी ८७ जना प्रशासन सेवाका शाखा अधिकृत उपसचिवमा बढुवाका लागि सिफारिस हुनुभएको हो ।
यस्तै ८७ जना प्रशासन सेवामा १९ जना भने लेखा समूहका हुनुहुन्छ । त्यसपछि नेपाल लेखापरीक्षण सेवाका चार जना शाखा अधिकृत उपसचिवमा बढुवाका लागि सिफारिस हुँदा नौ जना प्राविधिक सेवातर्फ विभिन्न समूह तथा उपसमूहतर्फको शाखा अधिकृतबाट उपसचिवमा बढुवाका लागि सिफारिस हुनुभएको छ ।
प्रतिक्रिया