अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

एमाले धादिङको जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित

एमाले धादिङको जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित


काठमाडौँ– नेकपा एमाले धादिङको जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ ।  शुक्रबार एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको अधिवेशन आइतबार अनिश्चितकालका लागि स्थगित भएको हो । 

एमाले बागमती प्रदेश अध्यक्ष कैलाश प्रसाद ढुंगेलले आज विज्ञप्ति जारी गर्दै अधिवेशनलाई मर्यादित र विधिसम्मत तरिकाले सम्पन्न गर्न सम्भव नदेखिएकाले अर्को सूचना जारी नहुन्जेलसम्मका लागि अधिवेशन स्थगित भएको जानकारी दिनुभएको छ । शुक्रबार साँझ बसेको जिल्ला कमिटीको अन्तिम बैठकमा बन्दसत्रमा प्रस्तुत गर्ने दस्ताबेज, नीतिगत निर्णय, बन्दसत्र सन्चालनका लागि आवश्यक अध्यक्ष मण्डल, विभिन्न समितिमा रहने नेताहरुको नाम र जिल्ला कमिटीबाट ५ प्रतिशतले मनोनयन हुने प्रतिनिधिको विषयमा विवाद हुँदा हात हालाहाल भएको थियो । 

बैठकमा सहभागीहरुको असहमतिका बाबजुद जिल्ला कमिटी अध्यक्षले जबरजस्ती प्रस्ताव पेश गर्दै एकलौटी निर्णय भएको घोषणा गर्न खोजेपछि बैठकमा असहज परिस्थिति सिर्जना भएको एमाले बागमती प्रदेश अध्यक्ष ढुंगेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।