अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसद् महासचिव नियुक्तिमा चलखेल मान्दैनौं: देवेन्द्र दाहाल

संसद् महासचिव नियुक्तिमा चलखेल मान्दैनौं: देवेन्द्र दाहाल


काठमाडौं: नेकपा एमालेका सांसद देवेन्द्र दाहालले संघीय संसदको महासचिवमा राष्ट्रपति रामचन्द्र पौडेलले चलखेल गरेको आरोप लगाउनु भएको छ।

सोमबार राष्ट्रिय सभाको बैठकमा उहाँले यस्तो आरोप लगाउनु भएको हो । उहाँले संघीय संसदको महासचिव पद खाली अवस्थामा हुनु र अधिवशेन सुरु भइसक्दा पनि कार्यवाहकबाट काम चलाउनुपर्ने परिस्थिति किन सिर्जना भयो? भन्दै प्रश्न गर्नुभयो।

महासचिवमा राष्ट्रपतिले राजनीति गरेको उहाँको आरोप थियो। उहाँले राष्ट्रपति पौडेललाई महासचिव पदमा चलखेल नगर्न चेतावनी दिनुभयो ।

कानुनअनुसार सिफारिस गरिएको महासचिव अविलम्व नियुक्ति गर्न आग्रह गर्नुभयो। आगामी बैठकहरुमा राष्ट्रपतिको बारेमा कडा शब्द प्रयोग गर्नुपर्ने स्थिति नबनाउन चेतावनी दिँदै राष्ट्रपति पदको गरिमालाई कामय राख्न आग्रह गर्नुभयो।

उहाँले भन्नुभयो, ‘आज हाम्रो संघीय संसदको महासचिव पद खालि अवस्थामा छ। भर्खरै मात्रै सम्माननीय अध्यक्षज्युले खालि भएको कुरा सुनाउनुभयो। तर यो अधिवशेन शुरु भइसक्दा पनि कार्यवाहकबाट काम चलाउनुपर्ने परिस्थिति किन सिर्जना भयो? हामीले कस्तो राष्ट्रपति पायौँ ? निकै लामो अध्ययन चिन्तन गर्ने, राष्ट्रपतिज्यू तपाईको अध्ययन चिन्तन अब बढी भएन र? एउटा संसदको महासचिवमा तपाईको चलखेल किन? हामीलाई कानूनअनुसार सिफारिस गरिएको महासचिव अविलम्व दिइयोस्।’

नेता दाहालले सत्ताधारी गठबन्धनको अकर्मण्यताका कारण यो व्यवस्था कमजोर भएको बताउनु भयो ।