अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधीसभाको बैठक आज विहान ११ बजे देखि

प्रतिनिधीसभाको बैठक आज विहान ११ बजे देखि


काठमाडौं – प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ ।

आजको बैठकमा दलीय आधारमा मन्तव्य राख्ने कार्यसूची छ ।
सम्पत्ति शुद्धिकरण ,मनी लाउन्डरिङ् निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ दफावार छलफलसहित पारित गर्ने कार्यसूची रहेको प्रतिनिधिसभाले बनाएको क्यालेन्डरमा उल्लेख छ ।

आजको बैठकले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने दिनको जानकारी पनि गराउने संसद सचिवालयले जनाएको छ ।