अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारले लय समात्न सकेन, जनतामा विश्वास गुम्दै: गगन थापा

सरकारले लय समात्न सकेन, जनतामा विश्वास गुम्दै: गगन थापा


काठमाडौं-सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले लय समात्न नसकेको बताउनु भएको छ ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उहाँले सरकारले लय समात्न नसकेको र सरकार निकायप्रति जनताको विश्वास गुम्दै गएको बताउनु भएको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्ना केही कमजोरी स्वीकारेर नयाँ संकल्प गरे पनि लय भने समात्न नसकेको उहाँले बताउनु भयो।  

साथै सरकारी निकाय अड्डा अदालत, प्रहरी, प्रशासन, दल, वित्तीय संस्थाप्रति जनताको विश्वास गुम्दै गएको पाइएको भन्दै उहाँले जनतामाझ  टुटेको भरोसालाई जागृत गराउन संसद सक्षम हुनुपर्ने बताउनु भयो । 

महामन्त्री थापाले सरकारी जग्गा हडप्ने व्यक्ति जतिसुकै शक्तिशाली भए पनि कारबाही हुनुपर्ने बताउनुभयो।

बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको आरोपमा पक्राउ परेका व्यवसायी अरुणकुमार चौधरीलगायतलाई लक्षित गर्दै प्रतिनिधसभाका सांसद समेत रहेका थापाले बताउनु भयो।

महामन्त्री थापाले भन्नुभयो, ‘राजनीतिक शक्ति होस् कि आर्थिक शक्ति गलत गर्नेले होस् दण्डित हुनुपर्छ। हातमा तागत होस् या कलम होस् उसलाई दण्डित गरिनुपर्छ। सार्वजनिक जग्गा हडप्ने जोसुकैले पनि दण्डित हुनुपर्छ। जग्गा हडप्ने होस् या मिच्ने कसैलाई पनि उन्मुक्ति दिनु हुँदैन।’’