अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

भ्रष्टाचारीलाई कारबाही गर्ने बहानामा सरकारले स्टन्टबाजी गर्‍यो: पदम गिरी

भ्रष्टाचारीलाई कारबाही गर्ने बहानामा सरकारले स्टन्टबाजी गर्‍यो: पदम गिरी


काठमाडौं-प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक पदम गिरीले भ्रष्टाचारीलाई कारबाही गर्ने बहानामा सरकारले ‘स्टन्डबाजी’ गरेको आरोप लगाउनु भएको छ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उहाँले देशमा ठूल्ठूला भ्रष्टाचारका काण्ड सार्वजनिक भए पनि सरकारले दोषीलाई कारबाही गर्ने बाहनामा स्टन्टबाजी गरेको आरोप लगाउनु भएको हो।

सरकारले भ्रष्टाचारविरोधी काम गर्यौं भनेर तमासामात्रै देखाएकाले भ्रष्टाचारीलाई कारबाही हुन्छ भनेर विश्वास गर्न नसकिने उहाँले बताउनु भयो।  

देशमा व्याप्त भ्रष्टाचार भइरहे पनि सरकार भ्रष्टाचारीलाई संरक्षण गर्न लागेको भन्दै उहाँले भ्रष्टाचारीलाई कारबाही गर्न सरकारले इच्छाशक्ति नै नदेखाएको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सरकार भ्रष्टाचारीहरूको संरक्षण गर्नमा लागेको छ। एकपछि अर्को ठूला ठूला भ्रष्टाचारका काण्डहरू आइरहेछन् सरकारले भ्रष्टाचारीहरूलाई कारबाही गर्ने बहनामा स्टन्टबाजी गर्छ । तर, कुनै पनि भ्रष्टाचारीलाई कानूनको दायरामा ल्याउने इच्छाशक्ति साथ काम गरेको छैन।’