अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रुसी सेनामा भर्ती भएका नेपालीलाई स्वदेश फर्काउनुपर्छः सांसद पौड्याल

रुसी सेनामा भर्ती भएका नेपालीलाई स्वदेश फर्काउनुपर्छः सांसद पौड्याल


काठमाडौँ-राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले रुस र युक्रेन युद्धमा फसेका नेपालीहरुका लागि सरकारले अभिभावकत्व लिन नसकेको बताउनु भएको छ।

बुधवार राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले प्रहरी र सेनामा जागिर खाइरहेका नेपाली युवाहरु नेपालप्रतिको नैरश्यताले यो देशमा केही हुँदैन भनेर मर्न तयार भइ रसियाको सेनामा भर्ती भएको बताउनु भयो। उहाँले रुसी सेनामा कति नेपाली भर्ती छन् भन्ने तथ्यांक समेत सरकारसँग नहुनु लाजमर्दो भएको बताउनु भयो। 

उहाँले सरकारको आवाज नसुनेको हो भने अन्तर्राष्ट्रिय समुदायलाई गुहारेर भएपनि नेपालीलाई स्वदेश फर्काउनुपर्ने बताउनु भयो। 

उहाँले भन्नुभयो, ‘राहतको लागि पर्खिरहेका रुँदै गरेका नेपाली, रुस र युक्रेनको युद्धमा छन्। त्यहाँ अहिले पनि यो देशको बिडम्वना मान्नुपर्छ । हाम्रो आवाज सुनिएन भने अन्तर्राष्ट्रिय समुदायलाई गुहारेर भएपनि त्यहाँबाट नेपाली फिर्ता ल्याऔँ।’

सांसद पौड्यालले सरकार नेपाली जनताको आवाज नसुनिकन के हेरेर बसेको छ ? भन्दै प्रश्न पनि गर्नुभयो।