अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसद

सरकारले त्रिभुवन विमानस्थललाई लथालिङ्ग र भताभुङ्ग बनायो: सांसद ढकाल

सरकारले त्रिभुवन विमानस्थललाई लथालिङ्ग र भताभुङ्ग बनायो: सांसद ढकाल


काठमाडौं-प्रतिनिधि सभा सदस्य एकनाथ ढकालले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई सरकारले लथालिङ्ग र भताभुङ्ग बनाउदै लागेको प्रति गम्भीर चिन्ता र चासो प्रकट गर्नु भएको छ।

बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद ढकालले देशमा चौतर्फी फैलिरहेको अस्तब्यस्ताकाबीच संसद्को तेस्रो अधिवेशनमा हामी सहभागी हुँदै छौँ भन्दै सरकारकै आडमा विमानस्थलमा कर्मचारी समेतको मिलोमतोमा निर्बाध सुन तस्करीको घटना सेलाउन नपाउदै घुस लिएर भिजिट भिसामा मानव तस्करी गरेको आरोपमा अध्यागमनका कर्मचारी पक्राउ परेका र विमानस्थलमै प्रमुख अध्यागमन अधिकृत नै प्रहरीद्वारा कुटिएको बारे संसदमा प्रश्न गर्नुभयो ।

पूर्व मन्त्री समेत रहेका ढकालले विमानस्थलमा अध्यागमनका कर्मचारी र प्रहरीबीचको द्वन्द्वको उजागर गर्नुभयो। ‘मोटो रकम असुल गरी अध्यागमन कर्मचारीले अबैध तरिकाले भिजिट भिसामा युवाहरु विदेश पठाउने गरेको प्रहरीको आरोप र प्रहरी आफै गेटमा बसेर बार्गेनिङ्ग गरेर रकम पाए पठाउछन् र नपाए रोक्छन्।’ अध्यागमन कर्मचारीले प्रहरीलाई आरोप लगाएको पनि उहाँले बताउनु भयो ।

सांसद ढकालले अन्तराष्ट्रिय विमानस्थल देशको प्रतिष्ठासँग जोडिएको एक अति संबेदनशील स्थान र देशको प्रमुख नाका वा सिमाना जस्तो भएकोले सम्पूर्ण काम कारबाही पारदर्शी, विश्वासयोग्य, सुरक्षित र अन्तराष्ट्रिय मापदण्ड बमोजिम हुनु पर्छ भनी सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भयो।