अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशी प्रदेशमा आज चार मन्त्री र एक राज्यमन्त्री नियुक्त हुँदै

कोशी प्रदेशमा आज चार मन्त्री र एक राज्यमन्त्री नियुक्त हुँदै


विराटनगर-कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले मन्त्रिपरिषद् विस्तार गर्न लागेका छन्। मुख्यमन्त्री बनेको साढे तीन महिनापछि मुख्यमन्त्री कार्कीले आज चार जना मन्त्री र एक जना राज्यमन्त्री नियुक्त गर्न लागेका हुन्।

मुख्यमन्त्री कार्कीका अनुसार नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबाट दुई/दुई जना मन्त्री बन्दैछन् । यस्तै कांग्रेसबाट एक जनालाई राज्यमन्त्री बनाइने भएको छ ।

माओवादीबाट नारायण बुर्जा र राजेन्द्र कार्कीलाई मन्त्री बनाउने तयारी छ। यस्तै कांग्रेसबाट राम खत्री र प्रदीप सुनुवार मन्त्री बन्ने छन् । इन्दिरा थापा भने राज्यमन्त्री बन्ने छन् ।

मुख्यमन्त्री कार्कीले यसअघि नेपाली कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादी पार्टीबाट एक/एक जनालाई मन्त्री बनाउनु भएको थियो । मुख्यमन्त्री बनेको केही समयपछि कार्कीले कांग्रेसका शमशेर राईलाई आन्तरिक मामिला तथा कानुनमन्त्री, माओवादीका गणेश उप्रेतीलाई पर्यटन, वन तथा वातावरणमन्त्री र नेकपा एसका कमल बजबेगुलाई भौतिक पूर्वाधारमन्त्री बनाएका थिए ।