अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

टेस्टेड र फेलहरुलाई किन उपकुलपतिको सर्टलिस्टमा राखियो ? : विमला पौड्याल

टेस्टेड र फेलहरुलाई किन उपकुलपतिको सर्टलिस्टमा राखियो ? : विमला पौड्याल


काठमाडौं-राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा परीक्षण भइसकेका मान्छेहरुलाई ‘सर्टलिस्ट’मा पारिएको भन्दै आपत्ति जनाउनु भएको छ।

आइतबार राष्ट्रिय सभाको बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य पौड्यालले त्रिभुवन विश्वविद्यालयमा पहिले नै परीक्षण भइसकेका व्यक्तिहरुलाई उपकुलपतिको ‘सर्टलिस्ट’ मा पारिएको भन्दै आपत्ति जनाउनु भएको हो।

उहाँले छनोट समितिले पुरानै अनुहारलाई विश्वविद्यालयको नेतृत्व दिन लागेको हो भनि प्रश्न समेत गर्नुभयो । उहाँले बौद्धिक चोरीको आरोप लागेका र अख्तियारमा मुद्दा चलेकालाई किन उपकुलपतिको छनौट लिस्टमा राखियो भनेर पनि प्रश्न गर्नुभयो।