अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारसँग एमाले सांसद राईको माग: महालेखापरीक्षक चाँडो नियुक्त गरियोस्

सरकारसँग एमाले सांसद राईको माग: महालेखापरीक्षक चाँडो नियुक्त गरियोस्


काठमाडौँ-नेकपा एमालेका सांसद रामचन्द्र राईले महालेखापरीक्षक तत्काल नियुक्त गर्न सरकारसँग माग गर्नुभएको छ।

आइतबार राष्ट्रियसभा बैठकमा बोल्दै सांसद राईले बेरुजु फर्स्योट गर्नका लागि पनि सरकारले महालेखापरीक्षक नियुक्ति चाँडोभन्दा चाँडो गर्नुपर्ने माग गर्नुभएको हो।

मुलुकमा सुशासन व्यवस्थित गराउन सरकारले महालेखापरीक्षकको नियुक्ति गर्ने काममा ढिलाइ गर्न नहुने उहाँले बताउनु भयो। उहाँले संघीय निजामती सेवा ऐन छिटो संसद्‌मा ल्याउन पनि सरकारलाई दबाब दिनुभयो। सुशासनको पाटोमा सहज ढंगले काम गर्न पनि सरकारले सो विधेयक संसद्‌मा ल्याउन ढिलाइ गर्न नहुने सांसद राईले बताउनु भयो।

सांसद राईले भन्नुभयो, ‘संघीय निजामती सेवा ऐन आजसम्म नआउँदा सुशासनको पाटोमा कर्मचारीलाई ठिक ढंगले चलाउन सकिएको छैन। जनता सेवाबाट विमुख छन्। सरकारले संघीय निजामती सेवा ऐन चाँडो ल्याओस्। आज महालेखापरीक्षक रिक्त भएको नौ महिना बित्न लाग्यो। अहिले कामुबाट चलाइएको छ। बेरुजु बढेको छ। असुल गर्नुपर्ने बेरुजु झन्डै २७ अर्बको हाराहारीमा छ। महालेखा परीक्षक चाँडो नियुक्त गरियोस्।’