अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

बुढानीलकण्ठ नगरपालिकाले ‘साहित्यिक(सांस्कृतिक महोत्सव’ गर्ने

बुढानीलकण्ठ नगरपालिकाले ‘साहित्यिक(सांस्कृतिक महोत्सव’ गर्ने


काठमाडौं-बुढानीलकण्ठ नगरपालिकामा ‘बुढानीलकण्ठ साहित्यिक सांस्कृतिक महोत्सव २०८०’ आयोजना हुने भएको छ। नगरपालिकाको आयोजनामा फागुन ११ र १२ गते दुईदिने महोत्सव हुने भएको हो।

महोत्सव संयोजक समेत रहेकी उपप्रमुख अनिता लामाले पत्रकार सम्मेलन गर्दै महोत्सवबारे जानकारी दिनुभयो। उक्त अवसरमा साहित्यकार तथा संस्कृतिविद्, नगरसभा सदस्य, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महाशाखा, शाखा प्रमुख उपस्थित रहेको थियो। साहित्यकार बाबु त्रिपाठीले फागुन ११ र १२ गते गरी दुई दिन आयोजना हुने कार्यक्रमको तालिका प्रस्तुत गरेका थिए ।

पहिलो दिन फागुन ११ गतेको कार्यक्रम नगरपालिकाको वडा नम्बर १३ स्थित चुनिखेल र दोस्रो दिनको कार्यक्रम बुढानीलकण्ठ मन्दिर परिसरमा आयोजना हुने जनाइएको छ।

महोत्सवमा दर्जनौं राष्ट्रिय कलाकार, ५० जनाभन्दा बढी कवि, आख्यानकार, संस्कृतिविद्लगायत विद्यार्थी सहभागी हुने जनाइएको छ। विभिन्न नगरपालिका प्रमुखहरुबीच सामाजिक, राजनीतिक, उद्योग, व्यवसाय, खेलकुद, स्वास्थ्य, पर्यटन, नाटक तथा रंगमञ्च, गजललगायत बहुविधा तथा क्षेत्रबारेका अन्तरक्रियात्मक कार्यक्रम पनि हुने जनाइएको छ।