अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री कांग्रेसले बनाएको त होइन: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री कांग्रेसले बनाएको त होइन: प्रधानमन्त्री दाहाल


नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेससँगको सहकार्य लाभदायक नभएको बताउनु भएको छ।

माओवादी केन्द्रको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्ने क्रममा उहाँले कांग्रेसबाट धोका भएको बताउनुभएकाे हाे। 

गत माघ ११ गते भएको राष्ट्रिय सभा चुनावमा कोशी प्रदेशमा माओवादी उम्मेदवार चम्पादेवी कार्की पराजित भएको प्रसंग निकाल्दै उहाँले कांग्रेससँगको सहकार्य माओवादीका लागि लाभदायक नभएको बताउनुभयो।

केन्द्रीय कमिटी बैठकमा बोल्दै दाहालले भन्नुभयो, ‘कोशीमा पहिले हामीले सभामुख छाडियो, पछि मुख्यमन्त्री पनि छाड्नपर्‍यो। राष्ट्रिय सभामा पनि हराइयो। यसले कांग्रेससँग हाम्रो सहकार्य लाभदायक छैन भन्नेतिर हामी पुग्नुपर्ने देखियो।’

कोशीमा कांग्रेसले धोका दिएको माओवादीको दाबी छ। उहाँले भन्नुभयो, ‘अहिले हामीलाई प्रधानमन्त्री पनि कांग्रेसले बनाएको त होइन। कांग्रेससँगको सहकार्यबारे गम्भीरतापूर्वक विचार गर्नपर्ने भएको छ।’

२०७९ पुस १० गते नेकपा (एमाले) सहित दलहरूको समर्थनमा दाहाल प्रधानमन्त्री बन्नुभएको थियो।