अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

टिकटक खुलाउन निरन्तर दबाब,सरकारलाई कम्पनीको पाँच बुँदे प्रतिवद्धता पत्र

टिकटक खुलाउन निरन्तर दबाब,सरकारलाई कम्पनीको पाँच बुँदे प्रतिवद्धता पत्र


काठमाडौं -नेपाल भित्रैबाट टिकटक खुलाउन निरन्त्र दबाब भइरहेका बेला चिनियाँ डिजिटल भिडिओ क्रिएटिङ कम्पनी टिकटकले नेपाल सरकारलाई पाँच बुदे प्रतिवद्धता व्यक्त गर्दै टिकटक खुलाउन आग्रह गरेको छ ।

कम्पनीले नेपालको कानूनी प्रक्रियामा आवद्ध रहने, कन्टेन्टलगायत विषयमा कम्पनीसँग प्रत्यक्ष सम्पर्क स्थापित गर्ने, नेपालीहरुको कन्टेन्ट फिल्टरिङ गर्ने, देशव्यापी इन्टरनेट सुरक्षा र डिजिटल साक्षरता अभियान चलाउने तथा विद्यालय र कलेजका विद्यार्थीहरुलाई उपयोगी हुने शैक्षिक सामग्रीहरुका कन्टेन्ट उत्पादनलाई जोड दिने प्रतिवद्धता जनाएको छ ।

आफ्ना प्रतिवद्धतासहित नेपाल सरकारलाई टिकटक खुलाउन कम्पनीले आग्रह गरेको छ । गत कात्तिकदेखि नेपालमा टिकटक प्रतिबन्ध रहेको छ ।