अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओलीद्वारा वसन्त पञ्चमीको शुभकामना व्यक्त 

अध्यक्ष ओलीद्वारा वसन्त पञ्चमीको शुभकामना व्यक्त 


काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वसन्त पञ्चमी अर्थात् सरस्वती पूजाको शुभकामना व्यक्त गर्नुभएको छ । आज सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष ओलीले वसन्त पञ्चमीको शुभकामना दिनुभएको हो । 

उहाँले लेख्नुभएको छ,’प्रकाशकी देवी, प्रज्ञाकी देवी सरस्वतीलाई नमस्कार ! श्रीपञ्चमीको सबैलाई शुभकामना !’

आज वसन्त पञ्चमी अर्थात् सरस्वती पूजा देशभर विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै छ । 

विद्याकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् । सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् ।