अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

त्रिकोणात्मक सिरिजका लागि नेपाली टिमको घोषणा, अनिल र देव पनि समेटिए 

त्रिकोणात्मक सिरिजका लागि नेपाली टिमको घोषणा, अनिल र देव पनि समेटिए 


काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान)ले आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्स र नामिबियाविरूद्धको त्रिकोणात्मक सिरिजका लागि नेपाली टिमको घोषणा गरेको छ । भोलिदेखि हुने खेलका लागि क्यानले आज नेपाली टिमको घोषणा गरेको हो । 

वैकल्पिकमा रहेका ब्याटरद्वय अनिलकुमार साह र देव खनाललाई समेट्दै क्यानले १५ सदस्यीय टिम घोषणा गरेको छ । अनिल र देवले घरेलु मैदानमा भएको क्यानडाविरुद्धको सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

यस्तै टोलीबाट अर्जुन साउद र रिजन ढकाल भने बाहिरिएका छन् ।

लिग–२ अन्तर्गतको पहिलो सिरिज टियु क्रीकेट मैदानमा भोलिदेखि नेपाल, नेदरल्यान्ड र नामिबियाबिच हुँदैछ ।

लिग-२ का लागि नेपाली टिम
रोहित पौडेल, आसिफ शेख, कुशल भर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सूर्य तामाङ, देव खनाल र अनिलकुमार साह ।