अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रचण्डसँग हाँस्दाहाँस्दै रुन र रुँदारुँदै हाँस्न सक्ने कला छ : नेता बास्कोटा 

प्रचण्डसँग हाँस्दाहाँस्दै रुन र रुँदारुँदै हाँस्न सक्ने कला छ : नेता बास्कोटा 


काठमाडौँ– नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग गज्जबको कला रहेको बताउनुभएको छ । आज सामाजिक सञ्जालमा लेख्दै उहाँले प्रचण्डसँग हाँस्दा हाँस्दै रुन र रुँदारुँदै हाँस्न सक्ने कला रहेको बताउनुभएको छ । 

नेता बास्कोटाले लेख्नुभएको छ,’सुप्रिमोसँग एउटा गज्जब कला छ । त्यो के भने रुँदारुँदै हाँस्न सक्ने र हाँस्दा हाँस्दै रुन सक्ने साथै आफूमाथि संकट आउँदा सबैलाई एकसाथ धम्काउन र फकाउन सक्ने । शायद, त्यसको फेरि सफल प्रयोग हुने जस्तो छ–राष्ट्रियसभाको अध्यक्ष र संक्रमणकालीन न्याय निरुपणको लागि । तर सिटौलालाई पन्छाउन गाह्रो छ ।’

फागुन २० गते राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाको कार्यकाल सकिँदैछ । त्यसअघि राष्ट्रियसभा अध्यक्ष निर्वाचन हुनेछ । राष्ट्रियसभा अध्यक्षका लागि कांग्रेस नेता कृष्ण प्रसाद सिटौलाले आकांक्षा राखेका छन् ।