अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले रौतहटको अध्यक्षमा सचितानन्द शाह निर्वाचित

एमाले रौतहटको अध्यक्षमा सचितानन्द शाह निर्वाचित


काठमाडौं-नेकपा एमाले रौतहटको दशौँ जिल्ला अधिवेशनले सचितानन्द शाहको अध्यक्षतामा ११७ सदस्यीय जिल्ला कमिटी चयन गर्दै सम्पन्न भएको छ।

अधिवेशनमा अध्यक्षका, उपाध्यक्ष, सचिव र एक उपसचिवमा निर्वाचन भएको थियो। निर्वाचनमा सचितानन्दन शाहले १९३ मत प्राप्त गरेका थिए भने अखिलेश चौधरीले १७५ मत प्राप्त गरेका थिए । शाह १८ मतको अन्तरले विजय भएको हो।

त्यसैगरी उपाध्यक्षमा साह पक्षका रुपेश पटेल सचिवमा चौधरी पक्षका बाबुराम दाहाल र उपसचिवमा साह पक्षका अवदेश कुमार यादव निर्वाचित भएको छ भने महिला उपसचिवमा यसअघि नै मुना लामिछाने निर्विरोध निर्वाचित भइसकेको थिए । अधिवेशनमा शाह र चौधरी छुट्टाछुट्टै प्यानल बनाएर निर्वाचनमा पर्तिस्पर्धा गरेका थिए ।

निर्वाचनको परिणाम घोषणा भएपछि निर्वाचित अध्यक्ष साहले सबैलाई मिलाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। निर्वाचनमा हारजित हुने उल्लेख गर्दै आफू सबैलाई मिलाएर लैजान तयार रहेको उहाँको भनाइ थियो ।

अधिवेशन सम्पन्न गर्नका लागि नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा रौतहटका इन्चार्ज पुरुषोत्तम पौडेलको अध्यक्षतामा नौ सदस्य अध्यक्ष मण्डल गठन गरिएको थियो भने वीरबहादुर गोले प्रमुख रहेको निर्वाचन कमिटी गठन गरिएको थियो ।