अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले बाहेक अरूले ‘समृद्ध नेपाल र सुखी नेपाली’ भन्ने आँट गर्न सक्दैनन्: अध्यक्ष ओली

एमाले बाहेक अरूले ‘समृद्ध नेपाल र सुखी नेपाली’ भन्ने आँट गर्न सक्दैनन्: अध्यक्ष ओली


काठमाडौँ-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने आँट नेकपा एमाले बाहेक नेपालका कुनै राजनीतिक दल र नेता-कार्यकर्ताले भन्ने आँट नगरेको बताउनु भएको छ।

बुधबार अनेरास्ववियुको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले विरोधीहरुले ‘समृद्ध नेपाल’ भन्ने शब्द उच्चारण गरे पनि ‘सुखी नेपाली’ भन्ने आँट नगरेको टिप्पणी गर्नुभयो।

अध्यक्ष ओलीले विरोधीहरुका लागि सुखी नेपाली उनीहरुको सिद्धान्त विपरीत भएको पनि बताउनु भयो। उहाँले भन्नुभयो, ‘हामीले जानीबुझी समृद्ध नेपाल सुखी नेपाली भन्यौ। तर कुनै सरकार कुनै प्रधानमन्त्री कुनै नेता हाम्रो विपक्षहरु कसैले समृद्ध नेपाल भन्ने आँट गर्दैन। सुखी नेपाली भन्ने आँट गर्दैन समृद्ध नेपाल भन्ने कसैको आँट छैन । सुखी नेपाली भन्ने आँट नै हुँदैन तिनीहरुसँग, हिम्मत नै हुँदैन, उनीहरुको सिद्धान्त विपरीतको कुरा हो।’

नेपाली कांग्रेस किन सुखी नेपाली भन्न सक्दैन ? भनेर प्रश्न गर्दै ओलीले उसको सिद्धान्तविपरीतको कुरा भएको बताउनुभयो । उहाँले एकजना कांग्रेस समर्थक व्यापारीले ‘समृद्ध नेपाल सुखी नेपाली’ भन्ने नारा गलत भएको भनेर आफूतिर हेर्दै भनेको भन्दै खुसी हुनुपर्छ भनेर भनेको बताउनु भयो । अध्यक्ष ओलीले खुसी क्षणिक हुने र पुँजीवादीहरुको सोचाई यस्तै हुने गरेको बताउनुभयो।