अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले सचिवालय बैठक आज बस्दै, केन्द्रीय कमिटी बैठक बोलाउने

एमाले सचिवालय बैठक आज बस्दै, केन्द्रीय कमिटी बैठक बोलाउने


काठमाडौँ– नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक आज दिउँसो ३ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको हो । 

सचिवालय बैठकमा केन्द्रीय कमिटी बैठक बोलाउने र समसामयिक राजनीतिक विषयहरुमाथि छलफल हुने एमाले केन्द्रीय कार्यालय सचिव डा.भीष्म अधिकारीले बताउनु भयो ।

यसअघि हिजो बसेको महासचिव शंकर पोखरेल नेतृत्वको कार्यालयको बैठकले सचिवालय बैठकको कार्यसूची तय गरेको छ ।  

एमालेले फागुन १० देखि १३ गतेसम्म केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरेको छ।

यस्तै एमालेले सरकारविरुद्ध आन्दोलनको तयारी पनि गरेको छ । यसका लागि जिल्लामा प्रशिक्षण, भेला र संगठन पुनः निर्माणलाई गति दिइरहेको एमालेले तल्ला कमिटीलाई आन्दोलनमा रहन निर्देशनसमेत दिइसकेको छ।

पहिलो चरणमा एमालेले सातै प्रदेशमा विरोध सभाको तयारी गरेको छ ।