अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सडक यातायातलाई सुरक्षित र व्यवस्थित बनाउन उपाध्यक्ष पौडेलको आग्रह

सडक यातायातलाई सुरक्षित र व्यवस्थित बनाउन उपाध्यक्ष पौडेलको आग्रह


काठमाडौँ– नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सडक यातायातलाई सुरक्षित र व्यवस्थित बनाउन आग्रह गर्नुभएको छ । आज सामाजिक सञ्जालमा लेख्दै उहाँले  दुर्घटना न्यूनीकरण गर्न तथा सडक यातायातलाई सुरक्षित र व्यवस्थित बनाउन सम्बन्धित सरोकारवाला निकायलाई आग्रह गर्नुभएको हो । 

पाल्पा र कपिलवस्तुमा भएको दुर्घटनाप्रति दुःख व्यक्त गर्दै उपाध्यक्ष पौडेलले पछिल्ला दिनहरूमा सडक दुर्घटनाबाट मानवीय र भौतिक क्षति हुनेक्रम तीव्र भइरहेको प्रति चिन्ता व्यक्त गर्नुभएको छ । उहाँले लेख्नुभएको छ, ‘मंगलबार पाल्पामा र बुधबार राति महेन्द्रनगरबाट काठमाडौँ आउँदै गरेको यात्रुबाहक बस कपिलवस्तुको सुरइमा दुर्घटनाग्रस्त हुँदा ज्यान गुमाउनु हुने मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दछु साथै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।’  

मंगलबार पाल्पा र आज कपिलवस्तुमा भएको दुर्घटनामा १० १० जनाको मृत्यु भएको छ ।