अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माछापुच्छ्रे बैंकद्वारा कन्या बहुमुखी क्याम्पसलाई मल्टिमिडिया प्रोजेक्टर हस्तान्तरण

माछापुच्छ्रे बैंकद्वारा कन्या बहुमुखी क्याम्पसलाई मल्टिमिडिया प्रोजेक्टर हस्तान्तरण


काठमाडौं- माछापुच्छ्रे बैंक लिमिटेडले काठमाडौंको डिल्लीबजारस्थित डिल्लीबजार कन्या बहुमुखी क्याम्पसलाई मल्टिमिडिया प्रोजेक्टर हस्तान्तरण गरेको छ। बैंकले मंगलबार क्याम्पसलाई ४ थान प्रोजेक्टर वितरण गरेको हो।

क्याम्पसले आयोजना गरेको एक कार्यक्रममा माछापुच्छ्रे बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विश्वम्भर न्यौपाने र नायब महाप्रबन्धक प्रसिद्धराज अर्यालले उक्त प्रोजेक्टर डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको व्यवस्थापन समितिलाई हस्तान्तरण गर्नुभएको हो।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत क्याम्पसमा अध्ययनरत छात्राहरुको पढाइ र सिकाइ क्षमता अभिवृद्धि गरी गुणस्तरीय र प्रविधिमैत्री शिक्षाका लागि मल्टिमिडिया प्रोजेक्टर क्याम्पसलाई प्रदान गरेको हो ।

माछापुच्छ्रे बैंकले बैंकिङ्ग सेवाको साथसाथै संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देशका विभिन्न स्थानहरुमा विभिन्न संघसंस्थाहरुसँग मिलेर स्वास्थ्य, शिक्षा, पूर्वाधार निर्माण, वित्तीय साक्षरता, दिगो विकास लगायतका क्षेत्रहरुमा काम गर्दै आएको छ। 

हरेक क्षेत्र र वर्गका ग्राहकलाई सरल र सहज बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ बैंकले देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, ११९ शाखारहित बैंकिङ्ग सेवा, २०३ एटीएममार्फत १६ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ।