अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

च्यासलमा एमाले सचिवालय बैठक शुरू

च्यासलमा एमाले सचिवालय बैठक शुरू


काठमाडौं-नेकपा (एमाले) केन्द्रीय सचिवालयको बैठक शुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठक शुरु भएको हो।

पार्टी मुख्यालय च्यासलमा जारी बैठकमा पछिल्ला समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको जनाएको छ।

सचिवालय बैठकमा केन्द्रीय कमिटी बैठक बोलाउने र समसामयिक राजनीतिक विषयहरुमाथि छलफल हुने एमाले केन्द्रीय कार्यालय सचिव डा.भीष्म अधिकारीले बताउनु भयो ।

एमालेले फागुन १० देखि १३ गतेसम्म केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरेको छ। यस्तै एमालेले सरकारविरुद्ध आन्दोलनको तयारी पनि गरेको छ। यसका लागि जिल्लामा प्रशिक्षण, भेला र संगठन पुनः निर्माणलाई गति दिइरहेको एमालेले तल्ला कमिटीलाई आन्दोलनमा रहन निर्देशनसमेत दिइसकेको छ।

पहिलो चरणमा एमालेले सातै प्रदेशमा विरोध सभाको तयारी गरेको छ।