अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादी केन्द्रीय समिति १९९ सदस्यीय बनाउने निर्णय

माओवादी केन्द्रीय समिति १९९ सदस्यीय बनाउने निर्णय


काठमाडौं-नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति सदस्य १९९ जनाको बनाउने निर्णय गरेको छ।

चार दिनदेखि काठमाडौँमा जारी विधान अधिवेशनलाई बिहीबार सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो घोषणा गर्नुभएको हो।

अध्यक्ष दाहालले ११ जनाको केन्द्री‍य कार्यालय बनाउने निर्णय भएको पनि बताउनु भयो। उहाँले अब पार्टी समिति खुल्ला निर्वाचनबाट आउने पनि बताउनु भयो । खुल्ला निर्वाचनबाट आउने समितिले नेतृत्व चुन्ने भएको छ।