अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले प्रचार विभागमा तीन सदस्य मनोनीत

एमाले प्रचार विभागमा तीन सदस्य मनोनीत


काठमाडौं-नेकपा एमालेको सचिवालय बैठकले प्रचार तथा प्रकाशन विभागमा तीन जनालाई मनोनीत गरेको छ।

बिहीबार केन्द्रीय कार्यालयमा बसेको पार्टीको सचिवालय बैठकले प्रचार तथा प्रकाशन विभागमा तीन जनालाई मनोनीत गर्ने निर्णय गरेको हो ।

महासचिव शंकर पोखरेलले सिन्धुपाल्चोकका माधव नेपाल, झापाका म‍ोहन बास्तोला र खोटाङका इन्द्र आचार्यलाई पार्टीको प्रचार तथा प्रकाश विभागको सदस्यमा मनोनीत गरिएको जानकारी दिनुभयो ।

बैठकले आगामी फागुन ८, ९ र १० गते बस्ने केन्द्रीय कमिटीको बैठकका लागि तर्जुमा गर्ने एजेण्डाको सम्बन्धमा पनि छलफल गरेको उहाँले बताउनु भयो ।

केन्द्रीय कमिटी बैठकमा वर्तमान राजनीतिक अवस्थाको समीक्षा, सांगठनिक प्रतिवेदन र संगठन सुदृढीकरण सम्बन्धी विशेष कार्ययोजना राख्ने तय भएको महासचिव पाेखरेलले जानकारी दिनुभयो । त्यसैगरी पार्टीलाई अझ व्यवस्थित बनाउने ढाँचाको सम्बन्धमा छलफल गर्ने कुरालाई पनि एजेण्डा बनाइने उहाँको भनाइ छ।