अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको केन्द्रीय कार्यालय बनाउन पार्टी सदस्यबाट १ सय रुपैंया संकलन गरिने

एमालेको केन्द्रीय कार्यालय बनाउन पार्टी सदस्यबाट १ सय रुपैंया संकलन गरिने


काठमाडौं- नेकपा एमालेले पार्टी केन्द्रीय कार्यालय भवन निर्माणका लागि हरेक पार्टी सदस्यबाट १ सय रुपैंया संकलन गर्ने भएको छ ।
आज बसेको सचिवालय बैठकले यो प्रस्ताव केन्द्रीय कमिटीको बैठकमा लैजाने भएको छ । २०७२ बैशाखको भूकम्पले बल्खु मदन नगर स्थित कार्यालय भत्किएपछि एमाले भाडाको घरमा बस्दै आएको छ । अहिले बसिरहेको तुलसीलाल स्मृति प्रतिष्ठानको भवन पनि एमालेले पाँचवर्षका लागि भाडामा लिएको हो । यो घरमा एमालेको मुख्यालय सरेको करिब दुईवर्ष भयो । यसको मासिक भाडा ५ लाख रुपैंया रहेको एमाले स्रोतले जानकारी दिएको छ ।
यस अघि नै २०७३ साल बल्खुमा अत्याधुनिक भवन बनाउने भन्दै तत्कालिन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले शिलान्यास गर्नुभएको थियो । शिलान्यास गरेपनि उक्त ठाउँमा पार्टी कार्यालय बनाउन उपयुक्त नभएको धेरैको सुझाव आएपछि रोकिएको एमालेका एक नेताले जानकारी दिए । केन्द्रीय कमिटी बैठकले नयाँ भवन बल्खुमै बनाउने वा नयाँ ठाउँमा जग्गा खोजेर बनाउने भन्ने पनि बैठकले निर्णय गर्ने ति नेताले जानकारी दिए ।

पार्टीमा प्रवेश गर्ने र पार्टीको अधिवेशन पछि जिम्मेवारीबाट बिदा भएका अगुवा नेताहरू व्यवस्थापनको विषयमा पनि बैठकमा छलफल गरी निर्णय गरिने उहाँले जानकारी दिनुभयो । त्यस्तै पार्टी केन्द्रीय कार्यालय भवन निर्माणको लागि पार्टी सदस्यबाट न्यूनतम एक सय रुपैँया संंकलन गर्ने अभियानको एजेण्डा पनि बैठकमा लैजाने उहाँले बताउनुभयो ।