अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

 यी हुन् एमाले कैलालीको पदाधिकारीका आकांक्षी नेताहरु 

 यी हुन् एमाले कैलालीको पदाधिकारीका आकांक्षी नेताहरु 


काठमाडौँ– नेकपा एमालेको कैलालीको पदाधिकारीमा आकांक्षा राख्ने नेताहरुले जिल्ला इन्चार्ज समक्ष इच्छापत्र पेस गर्नुभएको छ । हिजो इन्चार्ज दामोदर भण्डारीसमक्ष अध्यक्षमा तीन जना, उपाध्यक्षमा ८ जना, सचिवमा १२ जना र दुई उपसचिवमा ३० जनाले इच्छापत्र पेस गर्नुभएको हो । 

अध्यक्षमा यज्ञ ढुङ्गाना, दुर्गा जोशी र डेजी पाण्डेयले इच्छापत्र पेस गर्नुभएको छ । यस्तै उपाध्यक्षमा लोकेन्द्र शाही, मानराज शाही, नृप खडायत, मदनराज ओझा, शर्मानन्द भट्ट, गजेन्द्र स्वार, दलबहादुर रावल र प्रेम डगौरा हुनुहुन्छ । 

यस्तै सचिवमा हितेस ओझा, ममता प्रसाद चौधरी, विष्णु चन्द, कमल बहादुर राना, चूडामणि भट्ट, आनन्द प्रसाद भट्ट, शम्भु कुँवर, वीरेन्द्र बहादुर रावल, द्वारिका न्यौपाने, विष्णु बहादुर चौधरी, बक्त बहादुर शाही र भीष्मराज सुवेदी रहनुभएको छ ।  

त्यस्तै दुई उपसचिव पदका लागि धिमलाल जोशी, राजु गुरुङ, चक्र बहादुर विष्ट, नौरता देवी खड्का, मदन राज रेग्मी, टिकाराम आचार्य, हिक्मत रावल, दलबहादुर विष्ट, केदार प्रसाद ओझा, अम्बिका विष्ट मल्ल, भुवन रिजाल, निर्मला संज्याल, किशोर शाह, लक्ष्मी केसी, गणेश बहादुर ९जिमी० साउद, मोहन विक, धुर्व्र बहादुर भण्डारीले आकांक्षा देखाउनु भएको छ । यस्तै खगेन्द्र कुमार ठकुल्ला, जगत बोहरा, धु्रर्व खत्री, नेत्र प्रसाद खनाल, कमला कुँवर, गृष्मा चौधरी, हर्कबहादुर बुढा, टेकबहादुर बुढा, प्रेम भुल, गोविन्द कोइराला, रत्ना कुवर गणेश बुढा र सुरज परियारले पनि उपसचिवमा आकांक्षा देखाउनुभएको छ ।  

एमाले कैलालीको नवौँ अधिवेशन फागुन ६ गते सुखडमा हुँदैछ । अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुहुनेछ ।