अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौंको जडिबुटीमा भिषण आगलागी

काठमाडौंको जडिबुटीमा भिषण आगलागी


काठमाडौँ – काठमाडौँका जडीबुटीमा भीषण आगलागी भएको छ ।
शुक्रबार साँझ स्थानीय छाप्रो भन्ने स्थानमा रहेको फर्निचर कारखानामा आगलागी भएको हो । मुख्य सडक नजिकै पर्ने स्थानमा लागेको आगो निभाउन यतिबेला नेपाल प्रहरी र सशस्त्र प्रहरीका साथै उपत्यकाका चार वडा दमकल प्रयोग गरिएको छ । यद्यपि आगलागी जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । आगो के कारणले लाग्न पुग्यो भन्ने खुल्न बाँकी रहेको प्रहरीको भनाइ छ ।